जलविद्युतको विवाद चर्किएपछि आयोगका अध्यक्ष मगरद्वारा स्थलगत अवलोकन भ्रमण

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

संखुवासभाको उत्तरीक्षेत्र भोटखोला गाउँपालिका–४, स्याक्सिलामा निर्माणाधीन अवस्थामा रहेको बरुण खोला जलविद्युत् आयोजनाको विवाद चर्किएपछि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले स्थलगत अवलोकन भ्रमण गरेका छन्। शनिबार खाँदबारीमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संवैधानिक आयोगको रूपमा रहेको आदिवासी जनजाति आयोगका अध्यक्ष थापामगरले बरुण खोलामा निर्माणाधीन अवस्थामा रहेको जलविद्युतको बारेमा निकै ठुलो विवाद रहेको बताए।

बरुण खोला निर्माणाधीन रहेको जलविद्युत् आयोजना र स्थानीयबिच विवाद चर्किरहेको वेलामा आदिवासी जनजाति आयोगका अध्यक्ष थापामगरले स्थलगत अवलोकन भ्रमणपछि स्थानीयले सकारात्मक रूपमा लिएका छन्। आयोग टोली बुधबार खाँदबारी आएका थिए भने बिहीबार र शुक्रबार भोटखोला प्रभावित क्षेत्रका स्थानीयसँग भेटघाट छलफल र अन्तर्क्रिया गरेर फर्किएपछि आज (शनिबार) खाँदबारीमा रहेको सरोकारवालाहरूसँग छलफल गरेका हुन्। नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले सदरमुकाम खाँदबारीमा आयोजना गरेको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा प्रभावित क्षेत्रका स्थानीय, आदिवासी जनजाति महासंघ, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

पवित्र धार्मिक तीर्थस्थल बरुण नदी बचाउ अभियान बोकेर भोटखोलाका स्थानीयहरू लागि रहेका छन् भने केही पक्ष जलविद्युत् बनाउनुपर्ने पक्षमा खुलेका छन्। उक्त बरुण नदी मकालु राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रमा समेत पर्ने गर्दछ। प्रत्येक माघेसंक्रान्तिमा बरुण नदीमा मेला लाग्नुका साथै स्नान गर्नेहरूको भिड लाग्ने गर्दछ। बरुण नदीलाई हिन्दु र बौद्धले पवित्र धार्मिक तीर्थस्थलको रूपमा मान्ने गर्दछन्। 

 

सुझावित समाचार