धर्नारत आठ समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरुङको आग्रह- ‘सरकारले सबैको माग पूरा गर्छ, घर फर्किनुस्’

काठमाडौंमा कोठा नपाउँदाको पीडा झेलेका, जनावरको अधिकार माग्नेदेखि मिटरब्याजपीडितसम्म न्याय खोज्दै धर्नामा

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण
धर्नारत आठ समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरुङको आग्रह- ‘सरकारले सबैको माग पूरा गर्छ, घर फर्किनुस्’

माइतीघरमा धर्नारत पीडितसँग गृहमन्त्री । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्नारत आठ समूहलाई सामूहिक रूपमा स्थलगत भेटेर सबैको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । धर्नारत समूहको विवरण संकलन तथा समस्या बुझ्न बिहीबार अपराह्न माइतीघर मण्डला पुगेका उनले सरकारले सबैको माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गरेर घर फर्किन भनेका हुन् । 

‘तपाईंहरूको माग पूरा गर्न सरकार प्रतिबद्ध छ, धर्ना स्थगित गर्नुहोस् र घर फर्किनुहोस्,’ धर्नारत समूहसँगको भेटमा गृहमन्त्री गुरुङले भने । काठमाडौंमा कोठा नपाउँदाको पीडा झेलेकी दीपा नेपाली, जनावरको अधिकार माग्नेदेखि मिटरव्याजपीडितसम्म न्याय खोज्दै धर्नामा छन् ।

त्यस्तै, बचतकर्ताको २३ अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेर फरार जिबी राईविरुद्ध पनि पीडितले माइतीघरमा धर्ना सुरु गरेका छन् । पाल टाँगेर धर्ना दिइरहेका उनीरू सडकमै रात बिताउँछन् । दिनभर धर्ना कस्ने उनीहरू रात परेपछि टेन्टमा सुत्छन् । 

जनावरको सुरक्षा मागेर अभियान छेडेका अभियन्तादेखि जबर्जस्ती करणीको आरोप लागेका नेत्रप्रसाद तिमिल्सिनालाई कारबाहीको माग राखेर पीडित पनि धर्नामा छन् । जबर्जस्ती करणीकै कसुर लागेका कर्णबहादुर मल्लविरुद्ध पनि पीडित धर्नामा छन् । त्यस्तै, मिटरब्याजपीडित उमा महतो सात दिनदेखि माइतीघरमै धर्नामा छिन् भने दलित जेन–जी फन्ट र मिर्गौलापीडितहरूको धर्ना पनि त्यहीँ जारी छ । 

सुझावित समाचार