महोत्तरीमा विपत् प्रकोपसम्बन्धी खोज तथा उद्धार कार्यको प्रयोगात्मक अभ्यास मंगलबार बिहान सम्पन्न भएको छ। जिल्ला विपत् व्यवस्थापन समिति महोत्तरीको आयोजनामा जलेश्वर नगरपालिका– १ स्थित बरुणसर पोखरीमा उक्त अभ्यास सम्पन्न भएको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सुरक्षा निकायहरूले बाढीलगायतका विपतकाे वेला कसरी जोगिनेसहितको उद्धार पद्धति मोक ड्रिल (प्रयोगात्मक अभ्यास)सहित देखाएका थिए ।
उक्त अभ्यास कार्यक्रममा जलेश्वर नगरपालिका, मटिहानी नगरपालिकासहितका विभिन्न स्थानीय तहका प्रमुखहरूलगायत विभिन्न सरोकारवाला निकाय तथा स्थानीयको उपस्थिति रहेको थियो ।