नेकपा(एमाले)ले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । पार्टीको सचिवालय बैठकले कार्यदल गठन गरेको हो।
कार्यदलमा रघुजी पन्त, छवीलाल विश्वकर्मा, पद्मा अर्याल, जुली महतो, अग्नि खरेल, महेश बर्ताैला, कृष्णभक्त पोखरेल, रमेश बढाल, अमर थापा, टीकाराम भट्टराई र पासाङ शेर्पा छन्।
त्यस्तै, पार्टी पुनर्गठनसम्बन्धि सुझाव दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षताका कार्यदल गठन गरिएको छ।