१० महिनामा दुई खर्ब ५७ अर्बले बढ्यो कर्जा

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

नेपाल बैंकर संघको तथ्यांकअनुसार वैशाख मसान्तसम्म बैंकहरूको कुल कर्जा ५२ खर्ब ३१ अर्ब ५३ करोडमा सीमित भएको छ । अघिल्लो महिना चैत मसान्तसम्म कुल कर्जा प्रवाह ५२ खर्ब ५० अर्ब ९४ करोड रुपैयाँ थियो । अघिल्लो महिनाको तुलनामा चैतमा भने ७७ अर्ब ९९ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो ।

चालू आवको १० महिनामा वाणिज्य बैंकको कर्जा दुई खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँले बढेको छ । गत असारसम्म वाणिज्य बैंकको कर्जा प्रवाह ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ थियो । वैशाख मसान्तसम्म आउँदा त्यो ५२ खर्ब ३१ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

तथ्यांकअनुसार चालू आवको महिना साउनमा १० अर्ब ८६ करोड रुपैयाँले कर्जा घटेको थियो । त्यसपछि भदौमा ४३ अर्ब २५ करोड रुपैयाँ र असोजमा ४० अर्ब ६८ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । यस्तै, कात्तिकमा २२ अर्ब ४१ करोड रुपैयाँले कर्जा प्रवाह घट्दा मंसिरमा २६ अर्ब ५५ करोड रुपैयाँले बढेको थियो । त्यसपछि पुसमा एकैपटक एक खर्ब चार अर्ब ८१ करोड रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ । 

यसैगरी, माघमा ६५ करोड रुपैयाँले मात्रै कर्जा प्रवाह बढेको थियो । त्यसपछि फागुनमा १५ अर्ब ७३ करोड रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ । चैतमा एकैपटक ७७ अर्ब ९९ करोड रुपैयाँले कर्जा प्रवाह बढ्दा वैशाखमा १९ अर्ब ४१ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ । 

सुझावित समाचार