महालक्ष्मीका ग्राहकलाई सामान खरिदमा छुट

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ महालक्ष्मी विकास बैंकका ग्राहकले ई–कमर्सबाट सामान किन्दा अधिकतम २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकका अनुसार १५ देखि २५ कात्तिसम्म लागू हुने यो अभियानमा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक छुट प्राप्त गर्न सक्नेछन् । यस्तो छुट डेबिट कार्डबाट खरिद रकममा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँ तथा क्रेडिट कार्डबाट अधिकत २० प्रतिशत वा दुई हजार रुपैयाँसम्म पाइनेछ । 

यो छुटका लागि बैंकले ई–कमर्स प्लाटफर्म दराजसँग ११.११ अभियानका लागि सहकार्य गरेको हो । सो प्लाटफर्ममार्फत सामान खरिद गरेपछि भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिने बताइएको छ ।

यस प्रकारका समझदारीबाट ग्राहकसँग डिजिटल रूपमा जोडिन, ग्राहकको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनका माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढावा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै मात्र काठमाडौं, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

सुझावित समाचार