नुवाकोटस्थित सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सिटिजन्स बैंकले नुवाकोटको देवीघाटमा रहेको शाखा कार्यालय जिल्लाकै बट्टारमा स्थानान्तरण भएको छ । गत भदौ १० मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षति भएको थियो । त्यसपछि बैंकको सेवा प्रवाह ठप्प भएको थियो । 

स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा दिने उद्देश्यसहित बैंकले मंगलबारबाट नुवाकोटको विदुर नगरपालिका– २ मा बट्टार शाखा सञ्चालनमा ल्याएको हो । बागमती प्रदेशमा मात्रै सिटिजन्सका ५६ शाखा सञ्चालन रहेका छन् । 

एक कार्यक्रमबिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखा सुरुवात गरे । सिइओ पोखरेलले देवीघाट शाखा पूर्ण रूपमा क्षति भएपछि स्थानीय ग्राहकलाई सेवा दिन बट्टार शाखा सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार शाखामा क्षति पुगे पनि बैंकका कर्मचारी भने सकुशल थिए । त्यसैगरी, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नयाँ शाखामा निःशुल्क स्वास्थ्यशिविर आयोजना गर्न लागिएको जनाएको छ । 

सुझावित समाचार