एडिबीले सडक सुधारका लागि २८.५ करोड डलर ऋण दिने

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ एसियाली विकास बैंकले सडक सुधारका लागि नेपाललाई २८ करोड ५० लाख डलर सहुलियत ऋण दिने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद्ले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी, एडिबीले दिने दुई करोड डलरबराबरको अनुदान पनि स्वीकार गर्ने निर्णय गरिएको छ । 

‘एसियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

सुझावित समाचार