काठमाडौं/ गुणस्तरीय अफिस कुर्सी उत्पादन तथा बजारीकरण गर्दै आएको भी–बोन ब्रान्ड पूर्वको गौरव त्रियुगा गोल्डकप २०८३ को अफिसियल चेयर पार्टनर बनेको छ । खेलकुदको विकास र प्रवर्द्धनसँगै राष्ट्रिय गौरवको उत्सवलाई थप उत्साहजनक बनाउने उद्देश्यले भी–बोनले प्रतियोगितासँग साझेदारी गरेको हो ।
नेपाली खेलकुद क्षेत्रसँग आफ्नो सम्बन्ध विस्तार गर्दै आएको कम्पनीले फुटबल प्रतियोगितामार्फत खेलाडीको हौसला बढाउनुका साथै खेलकुदप्रतिको सामाजिक उत्तरदायित्वलाई समेत अघि बढाउने जनाएको छ । खेलकुद केवल प्रतिस्पर्धामा सीमित नभई राष्ट्रिय एकता, अनुशासन, सहकार्य र गौरवको प्रतीकसमेत भएकाले प्रतियोगितासँग जोडिएको कम्पनीको भनाइ छ ।
‘खेलकुदले समाजलाई एकताबद्ध बनाउनुका साथै युवामा सकारात्मक ऊर्जा र अनुशासनको विकास गर्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही भावनालाई आत्मसात् गर्दै नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले त्रियुगा गोल्डकपसँग सहकार्य गरेका हौँ ।’ ‘वर्ल्ड क्लास अफिस चेयर’ भन्ने पहिचानसहित नेपाली बजारमा स्थापित हुँदै गएको भी–बोन गुणस्तरीय कुर्सी, चार वर्षको वारेन्टी तथा बिक्रीपछिको सेवाका लागि परिचित रहेको कम्पनीले जनाएको छ ।
प्रतियोगिताको आयोजक गाईघाट फुटबल क्लब रहेको छ भने त्रियुगा नगरपालिका विशेष सहयोगीका रूपमा रहेको छ ।