तिहारपछि खाद्यकम्पनीले किसानकोधान किन्ने

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहारलगत्तै २७ कात्तिकबाट धान खरिद गर्ने भएको हो । सुरुमा कञ्चनपुरको महेन्द्रनगर शाखाले खरिद गर्ने र त्यसपछि क्रमशः देशभरका कार्यालयबाट खरिद प्रक्रिया अघि बढ्ने उद्योग मन्त्रालयले जनाएको छ ।

कम्पनीले महेन्द्रनगर शाखा कार्यालयपरिसरबाट बिहीबार र शुक्रबार किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ ।

कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित कम्पनीको गोदाममा ल्याउनुपर्नेछ ।

त्यसपछि, कार्यालयले सरकारबाट निर्धारित मोटा धान प्रतिक्विन्टल ३६ सय ६० र मध्यम धान प्रतिक्विन्टल ३८ सय ६० मा खरिद गर्ने जनाएको छ ।

सुझावित समाचार