काठमाडौं/ इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले पर्यटकीय गन्तव्य नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई सहज बनाउने उद्देश्यले कम्पनीले कार्यालय सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
नगरकोटमा सम्पर्क कार्यालय सञ्चालनमा आएसँगै यस क्षेत्रका होटेल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसायसँगको सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तव्यका रूपमा परिचित नगरकोटमा होटेल तथा रिसोर्ट व्यवसाय विस्तार हुँदै जाँदा भरपर्दो इन्टरनेट र डिजिटल कनेक्टिभिटीको आवश्यकता पनि बढ्दै गएकाले सम्पर्क कार्यालय खोलिएको हो ।
कार्यालयले मुख्य रूपमा इन्टरप्राइज बिक्री तथा व्यवसाय विकासमा केन्द्रित भएर स्थानीय व्यावसायिक प्रतिष्ठानलाई लक्षित गर्ने योजना बनाएको छ । यसमार्फत व्यवसायहरूको इन्टरनेट तथा कनेक्टिभिटीसम्बन्धी आवश्यकता पहिचान गरी उपयुक्त डिजिटल समाधानबारे जानकारी तथा सेवा समन्वय उपलब्ध गराइनेछ ।
त्यसैगरी, स्थानीय व्यवसायीसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने, नयाँ व्यावसायिक सम्भावना पहिचान गर्ने र ग्राहकका आवश्यकताअनुसार सम्बन्धित टोलीसँग समन्वय गर्ने कम्पनीको लक्ष्य छ ।