नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापा नियुक्त

बुधबार, १८ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सरकारले  नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापालाई नियुक्त गरेको छ। 
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई  अध्यक्षमा नियुक्त गरेको हो।

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथपछि अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्। 


त्यस्तै, सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी र कर्जा तथा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पीताम्बर भण्डारीलाई नियुक्त गरेको छ। 

सुझावित समाचार