एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकलाई विशेष बन्डल प्याकेज दिने भएको छ ।
योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका प्रथम दुई सयजना खरिदकर्ताले यी सुविधा तीन महिनासम्म निःशुल्क पाउनेछन् । त्यसैगरी, आइफोन डुओका पहिलो एक सयजना खरिदकर्ताले सोही सुविधा ६ महिनासम्म अतिरिक्त शुल्कविना नै उपभोग गर्न पाउनेछन् ।
‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडेल खरिद गर्ने ग्राहकलाई यो विशेष अफर उपलब्ध गराउन पाउँदा हामी हर्सित छौँ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपांग दत्ताले भने ।