ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसिइओ) पदमा बुद्धि अकेला बढुवा भएका छन्। बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत अकेलाको बैंक सञ्चालक समितिको निर्णयअनुसार बढुवा भएको हो।

बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा आफ्नो बैंकिङ करिअर सुरु गरेका थिए। उनी सन् २००६ देखि ग्लोबल आइएमई बैंकमा निरन्तर आबद्ध छन्।

आफ्नो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षणजस्ता प्रमुख विभागहरूको जिम्मेवारी सम्हालेका छन्। हाल उनी बैंकको प्रमुख जोखिम अधिकृत (सिआरओ)को जिम्मेवारीमा छन्।

पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका उनले बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षको भूमिकासमेत सम्हाल्दै आएका छन्।

सुझावित समाचार