सिटिजन्स क्यापिटल लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ सिटिजन्स क्यापिटल लिमिटेडको २०औँ वार्षिक साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय, डिल्लीबजारमा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभाले आ.व. ०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०८३ आषाढ मसान्तको वासलात, नाफा–नोक्सानको हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ। आ.व. ०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण तथा सञ्चालकको नियुक्तिसमेत सभाले अनुमोदन गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिस्ट्रार तथा डिम्याट खातालगायत लगानीकर्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पुँजी बजारसम्बन्धी कार्यहरू सञ्चालन गर्दै आइरहेको छ।

सुझावित समाचार