डिजाइन कोड नै परिवर्तन गरेर सडक र पुल बनाउनु जरुरी

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ पूर्वाधार विकास मन्त्रालयका सहसचिव भीमार्जुन अधिकारीले बाढीपहिरोका कारण बर्सेनि सडक, पुललगायतका पूर्वाधारमा अर्बौँको क्षति हुन थालेकाले डिजाइन कोड परिवर्तन गर्नु जरुरी रहेको बताएका छन् । पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले चार–पाँच वर्षयता साँफेबगर, मेलम्ची, जोमसोम–कोरोला, मेची राजमार्ग, बिपी राजमार्गको रोसी खोला र अहिले भोटेकोशी बाढीले निम्त्याएको विपत्को सामना गर्नुपरेको बताए ।

‘अब डिजाइन कोड परिवर्तन गरी माथिल्लो भेगमा सुरक्षित किसिमका सडक र पुलको डिजाइन बनाउन आवश्यक छ,’ उनले भने । कार्यक्रममा अबका पूर्वाधार निर्माण जलवायु उत्थानशील हुनुपर्नेमा दुईमत नभएको उनले बताए । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले प्रत्येक वर्ष बाढीपहिरोले क्षति पुर्याउने, तर त्यसका लागि छुट्टै युनिट र बजेट नहुने गरेको बताए ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले भोटेकोशी–रसुवा–त्रिशूली बाढीको महाविपत्पछिको १५ दिनमा आधारभूत सडक सञ्जाल जोड्न सफल भएको जानकारी दिए । उनले बाढीपहिरोले पूर्वाधार निर्माणको डिजाइनदेखि प्रक्रियाका सम्बन्धमा पुनर्विचार गर्न सुझाएको बताए । ‘सडक तथा पुलहरूको डिजाइन परिवर्तन गर्नका लागि परामर्शदातासँग काम गरिरहेका छौँ,’ जैसीले भने ।

See More On

सुझावित समाचार