काठमाडौं। नेपाली बजारमा लगातार ओरालो लागेको सुन–चाँदीको मूल्यमा आज वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले बढेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार सय रुपैयाँ कायम थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर तीन हजार ११० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय निरन्तर घटिरहेको सुन तथा चाँदीको मूल्यमा आज एकै दिन उल्लेख्य वृद्धि देखिएको हो।