अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका लागि चीन पुगेका छन्। चीनको राजधानी बेइजिङमा उनलाई उपराष्ट्रपति हान झेङले स्वागत गरे। उनी चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेतामध्ये हुन्। यसअघि सन् २०१७ मा ट्रम्प चीन भ्रमणमा जाँदा तल्लो तहका नेताले स्वागत गरेका थिए। यसपटक उच्च तहका नेता स्वागतमा पठाइएकाले चीनले यो भ्रमणलाई विशेष महत्व दिइएको विश्लेषण गरिएको छ।
ट्रम्पको भ्रमणमा अमेरिका र चीनबिच केही समययता चर्किएको भन्सार शुल्कसहित प्रविधिमा बढेको प्रतिस्पर्धा, इरान युद्ध तथा अमेरिकाको ताइवानसँगको सम्बन्धबारे छलफल हुने बताइएको छ।
भ्रमणमा ट्रम्पले आफ्नो भ्रमणमा अमेरिकाका व्यापार तथा प्रविधिक उद्योगका चर्चित व्यवसायीलाई पनि लिएर गएका छन्। जसमा एलन मस्कदेखि टिम कुकलगायत छन्।