नदीकिनारकाे अतिक्रमण हटाउने अभियान : १८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

बागमती नदी तथा यसका सहायक नदी किनारका अतिक्रमित सार्वजनिक र सरकारी जमिन खाली गराउने सरकारी अभियान अन्तर्गत हालसम्म १८१६ परिवारका ७७८९ जना सम्पर्कमा आएका छन्।

सरकारद्वारा सार्वजनिक गरिएको प्रगति विवरणअनुसार तीमध्ये ७९४ जनालाई विभिन्न स्थानमा सञ्चालनमा रहेका होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। बाँकी व्यक्तिहरू भने दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा उपस्थित भई अस्थायी रूपमा आफ्नै पहलमा वैकल्पिक बसोबासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।

प्रभावितहरूको व्यवस्थापनका लागि राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटलहरू, नेपाल विद्युत् प्राधिकरणको भक्तपुरस्थित तालिम केन्द्र तथा बोडेमा रहेको कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ।

सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिँदै प्रभावित नागरिकको व्यवस्थापन, तथ्यांक संकलन तथा आवश्यक समन्वय कार्यलाई सँगसँगै अघि बढाइरहेको जनाएको छ।

सुझावित समाचार