पथरी– ११ लाई ५–२ ले हराउँदै मच्छिन्द्र फुटबल क्लबले इलाममा चलिरहेको तेस्रो इलाम गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ । ठुलो टुँडिखेलमा बुधबार भएको खेलमा मच्छिन्द्रलाई जित दिलाउन मिलन चाम्लिङ, शौरभ लिम्बू, अविनाश स्याङ्तान र श्याम मुर्मूले गोल गरेका थिए ।
पहिलो हाफमा २–१ को अग्रता बनाएको मच्छिन्द्रले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । प्रतियोगिताको दोस्रो सेमिफाइनलमा रोलिङ क्लब धुलाबारी र न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ ।