नौ महिनामा १६ लाख बढी स्मार्टफोन भित्रिए, ३३ अर्बभन्दा बढी रकम बाहिरियो

मंगलबार, ८ बैशाख, २०८३
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो नाै महिनामा नेपालमा १६ लाख ७४ हजार २४९ थान स्मार्टफोन आयात भएको छ। भन्सार विभागले वैशाख ७ गते सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त परिमाणमा स्मार्टफोन भित्रिएको हो।

स्मार्टफोन आयातका कारण कुल ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँबराबरको विदेशी मुद्रा बाहिरिएको छ। यद्यपि, यसबाट सरकारले ६ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको विभागले जनाएको छ।
 

सुझावित समाचार