संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै छ । १२ बजेर १५ मिनेटमा दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाअन्तर्गतका १० वटा र संयुक्त दुईवटा समिति सभापतिको निर्वाचनका लागि आज मनोनय हुँदै छ । त्यसका लागि उम्मेदवार तय गर्न रास्वपाले बैठक डाकेको हो ।