शान्तिलाई बाधा पुर्‍याउने कुनै पनि सैन्य गठबन्धन नगर्ने सरकारको प्रतिबद्धता

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

कुनै पनि सैन्य गठजोड, हातहतियारको दौड र युद्धले शान्तिलाई बाधा पुर्याउने भन्दै सरकारले कुनै पनि सैन्य गठबन्धन नगर्ने प्रतिबद्धता जनाएको छ। सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’सम्बन्धी मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सबै कूटनीतिको केन्द्रमा ‘नेपाल प्रथमः नेपाली प्रथम’ को अवधारणा अबलम्बन गर्ने जनाइएको छ ।

नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वाेपरि राख्दै नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी कनेक्टिभिटीका माध्यामबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रूपमा विश्वमञ्चमा स्थापित गर्ने जनाइएको छ। 

सुझावित समाचार