मन्त्री सीता बादीको खातामा ५० हजार, १८ तोला सुन र १५ तोला चाँदी

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको बैंकमा नगद ५० हजार रुपैयाँ रहेको जानकारी दिएकी छिन्। आइतबार सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री बादीले श्रीमानको खातामा भने १५ लाख रुपैयाँ रहेको उल्लेख गरेकी छिन्। श्रीमानसँग पल्सर बाइक रहेको र आफूसँग एउटा स्कुटर, तीनवटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्।

२० वटा कुखुरा र एउटा कुकुरसँगै सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको उल्लेख गरेकी छिन्। मन्त्री बादीले आफूसँग एउटा स्कुटर, तीनवटा ल्यापटप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्।

मन्त्री बादीसँग विवाहमा प्राप्त भएको १८ तोला  सुन  र १५ तोला चाँदी रहेको  सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। 

सुझावित समाचार