स्वास्थ्यमन्त्रीद्वारा वीर र गंगागाल अस्पतालमा आकस्मिक अनुगमन

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आइतबार वीर अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छिन्। 

अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन मन्त्री महतो पूर्वजानकारीबिना अस्पताल पुगेकी हुन्। 

अनुगमनका क्रममा उनले अस्पतालको सरसफाइ, बिरामीको चाप,लाइन, औषधि अभाव तथा स्वास्थ्य बिमामा देखिएका जटिलताका विषयमा जानकारी लिएकी छिन्। 

 नागरिकहरूले स्वास्थ्य बिमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौँ कुर्नुपर्ने समस्याका बारेमा मन्त्रीले चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। 

मन्त्री मेहताले अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिएकी छिन्।

 `जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,’ उनले भनिन्। अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत  व्यक्त गरेकी छिन्। 
 

सुझावित समाचार