नयाँ वर्ष ०८३ को अवसर पारी गोदरेज ब्रान्डले उपभोक्ता योजना ल्याएको छ । कम्पनीले ‘नयाँ सुरुवातको शुभारम्भ’ शीर्षकमा आकर्षक उपभोक्ता योजना सार्वजनिक गरेको हो । अभियानमार्फत ग्राहकको दैनिक जीवनलाई अझ सहज, आधुनिक र आरामदायी बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
योजनामा ग्राहकले गोदरेजका विभिन्न होम अप्लायन्स खरिद गर्दा अधिकतम ३५ हजार तीन सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक सामानको खरिदमा पक्का उपहार पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फ्रन्ट लोड, टप लोड र ट्विन टब वासिङ मेसिनमा क्रमशः ६, २ र एक केजी एरियल डिटर्जेन्ट निःशुल्क पाउनेछन् । त्यस्तै, माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार, एयर कन्डिसनरमा निःशुल्क जडान सेवा दिइने कम्पनीको भनाइ छ । यसबाहेक सबै खालका उत्पादन किन्दा निःशुल्क होम डेलिभरी सुविधाको व्यवस्था गरिएको छ ।
यसका साथै सिजी इलेक्ट्रोनिक्समार्फत ग्राहकले शून्य प्रतिशत किस्ताबन्दीको सुविधासमेत उपभोग गर्न सक्नेछन् । गोदरेजको यो अफर नेपालभरका सिजी इलेक्ट्रोनिक्सका सोरुम तथा डिलरमार्फत सीमित अवधिका लागि उपलब्ध हुने बताइएको छ ।