राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले २५ वर्षीया सांसद ठाकुरलाई मतदान गर्ने निर्णय गरेको हो। उपसभामुखको निर्वाचन आजै बस्ने प्रतिनिधिसभाको बैठकमा हुनेछ।
उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदवार बनाएको छ। संसदीय अंकगणितअनुसार उपसभामुखमा रास्वपाले जुन दलको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने निश्चित छ।