प्रधानमन्त्री शाहसँग राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूकाे सामूहिक भेट
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन्।
पूर्वप्रधानमन्त्री देउवा र पत्नी आरजुविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ।
जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएपछि अनुसन्धानका लागि देउवादम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ। हाल उपचारका लागि हङकङमा रहेका उनीहरूमाथि सम्पत्तिको स्रोतबारे छानबिन अघि बढाइएको हो।
पक्राउ पुर्जीपछि देउवाले भने– उपचारमै छु, मेरो सम्पत्तिबारे झुटा प्रचारबाजी गरियो
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो बारेमा भ्रामक र झुटा प्रचारबाजी भएको भन्दै आफू विदेशमा उपचाररत रहेको बताएका छन्। श्रीमती आरजु राणासहित आफूविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी भएपछि देउवाले फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।
कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडप, पाँचजना घाइते
कञ्चनपुर कारागारमा कैदीबन्दीबिच फेरि झडप भएको छ। सेवा–सुविधादेखि आपसी विवादसम्मका विषयले यहाँ पछिल्ला केही महिनायता निरन्तर झडपहरू भइरहेका छन्।
गत ४ पुसमा कैदीबन्दीले राज्यबाट पाउने सेवा–सुविधा माग गर्दै आन्दोलन गरेका थिए। जसक्रममा आठ कैदीबन्दी घाइते भएका थिए। कारागारभित्र झडप गरेको भन्दै १३ कैदीबन्दीलाई अन्यन्त्र स्थानान्तरण गरिएको थियो।
सार्वजनिक यातायातको भाडा बढ्यो
यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडादर समायोजन गरेको छ। विभागले ०८२ चैत २५ गते प्रकाशित अत्यन्त जरुरी सूचनामार्फत नयाँ भाडादर आजैदेखि लागू भएको जनाएको हो।
नियमविपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्न मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुनविपरीत शुल्क लिने निजी विद्यालयहरूलाई कारबाही गर्न निर्देशन दिएको छ। शिक्षा ऐन (संशोधनसहित), २०२८ विपरीत शुल्क लिने विद्यालयहरूलाई कारबाहीका लागि मन्त्रालयले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयहरू र स्थानीय तहहरूलाई समन्वय गर्न अनुरोध गरेको हो।
राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिले चैत्र २७ गते शुक्रबार दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।
सरकारी ठेक्का ह्याकिङ प्रकरणः ६ ठेकदार सिआइबीको नियन्त्रणमा
बिद्युतीय बोलपत्र प्रणाली नै ह्याकिङ गरी सरकारी ठेक्का हात पार्ने ६ जना निर्माण व्यवसायी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ६ जनालाई पक्राउ गरेको हो।
ब्यूरोले दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवन कुमार दासलाई पक्राउ गरेको हो। उनीहरुउपर बिद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान अघि बढाइएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।
नेपालीको कालोधनबारे गृहमन्त्रीको चासो, स्विस राजदूतसँग मागे सहयाेग
नेपालस्थित स्विट्जरल्यान्डकी राजदूत ड्यानियल मेउलीले गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेट गरेकी छिन्।
भेटमा स्विट्जरल्यान्ड र नेपालबिचको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको जारी उत्सवका विषयमा छलफल भएको स्विस दूतावासले फेसबुक पेजमार्फत जानकारी दिएको छ। साथै, विकास साझेदारी, विपत् व्यवस्थापन र सुशासनका विषयमा समेत छलफल भएको बताइएको छ।
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन बागमती प्रदेश सरकारको निर्देशन
बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका निजी तथा गैरसरकारी अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवासुविधा अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।