राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण
राष्ट्रपति पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रपतिले चैत्र २७ गते शुक्रबार दिउँसो ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मन्त्रिपरिषद्‌को सिफारिसमा संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन्।

सुझावित समाचार