राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष भण्डारीले शपथग्रहण गरेकी हुन्। राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा भण्डारीले शपथ लिएकी हुन्।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवं उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो।