नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसँग पद तथा गोपिनीयताको शपथ लिएपछि उनले पदभार ग्रहण गरेका हुन्।
डा. कँडेल आइतबार नै नियुक्त भएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नियुक्त गरेका हुन्।
बागलुङ स्थायी घर भएका डा. कँडेल पत्रकार हुँदै कानुन व्यवसायी बनेका हुन्। नेपाल ल क्यापसबाट स्नातक गरी २०६० सालमा अधिवक्ताको लाइसेन्स लिएका उनले बेलायतबाट कानुनमा विद्यावारिधि गरेका हुन्।