आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो कमान्डर

शनिबार, १४ चैत, २०८२
डिजिटल संस्करण

पार्टी अध्यक्ष पक्राउको विरोधमा एमालेले देशभर राजनीतिक र कानुनी प्रतिवादसहित विभिन्न विरोधका कार्यक्रमका लागि तीन उपाध्यक्षलाई संयोजन गर्ने जिम्मेवारी दिएको छ। महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय सचिवालयको बैठकले राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ। 

त्यस्तै, संसदमा रहेका दलहरूसँग समन्वय र स‌ंवाद संयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र कानुनी प्रतिवाद र संयोजनको जिम्मेवारी गोकर्ण विष्टलाई दिइएको छ।

सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसँग मिलेर राजनीतिक र कानुनी प्रतिवाद गर्ने भन्दै बैठकबाट एमालेले देशव्यापी विरोधका विभिन्न कार्यक्रम तय गरेको छ।
 

See More On

सुझावित समाचार