वीरगन्जबाट हुन्डी रकमसहित एकजना पक्राउ

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

वीरगन्जबाट स्रोत नखुलेको हुन्डी रकमसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–८ गहवा निवासी अन्दाजी ४४ वर्षीय अनिलकुमार शाह पक्राउ रहेको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका १६ स्थित भन्सार मेनगेटबाट भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको हिरो होन्डा मोटरसाइकलमा सवार शाहलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका शाहबाट नगदमा नेपाली १ हजार दरका ९०० थान नोट गरी जम्मा ९ लाख रुपैयाँ बरामद भएको हो । पक्राउ परेका शाहलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाएको प्रहरी नायब उपरीक्षक  निरौलाले बताए ।

See More On

सुझावित समाचार