आजदेखि एन्फा महिला लिग

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण
आजदेखि एन्फा महिला लिग

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि सहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै छ । उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी)ले संकटाको सामना गर्नेछ । लिगमा नौ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । छनोट प्रतियोगिताबाट आरएस पोखरा, संकटा क्लब, झापा एफसी, न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले स्थान बनाएका हुन् ।

गत वर्षको लिगका शीर्ष पाँचमध्ये चार टोली नेपाल एपिएफ, बागमती युवा, नेपाल पुलिस र त्रिभुवन आर्मीले भाग लिनेछन् । लिगको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहभागी नौमध्ये ६ टोलीले लिगमा उपाधि जित्ने दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा लिगमा सहभागी नौमध्ये ६ टिमका प्रशिक्षक मात्र सहभागी थिए । एनआरटी, झापा र आरएस पोखरा पत्रकार सम्मेलनमा उपस्थित भएनन् । आगामी १२ वैशाखसम्म ललितपुरस्थित च्यासल मैदानमा हुने लिग सिंगल राउन्ड रोबिनका आधारमा हुने एन्फाले जनाएको छ ।

सुझावित समाचार