रास्वपाको सचिवालयको बैठक बस्दै

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक एक घण्टापछि सुरु हुने भएको छ । समानुपातिक सूचीमा रहेका उम्मेदवारकाे नाम टुंगो लगाई निर्वाचन आयोगमा पठाउन सचिवालय बैठक बोलाइएको हो।

पार्टी सभापति रवि लामिछाने स्वास्थ्यको कारण भर्चुअल माध्यमबाट बैठकमा उपस्थित हुने नेता मनीष झाले जानकारी दिए । अहिले पार्टी कार्यालयमा सचिवालय सदस्यहरू आउने क्रम जारी छ । 

यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति लामिछाने अस्वस्थ भएपछि आजका लागि सारिएको थियो । 

See More On

सुझावित समाचार