आजबाट निर्वाचनसम्बन्धी इकाइ बन्द

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

फागुन २१ गते सम्पन्न निर्वाचनका लागि विभिन्न ठाउँमा खोलिएका निर्वाचनसम्बन्धी इकाइहरू आजबाट बन्द भएका छन् । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै ती इकाइहरू बन्द भएको जानकारी दिएको हो ।

आयोगले निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न विशेष इकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो । गत पुस ११ गतेदेखि स्थापना गरेको इकाइ केन्द्र फागुन २६ गते आयोगको निर्णयअनुसार २७ गतेबाट लागू हुने गरी बन्द गरिएको हो । 

सुझावित समाचार