बर्दिया क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका श्रीधर पोख्रेल २९ हजार ६७८ मत मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार ४०२ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्तले १९ हजार १८० मत प्राप्त गरेर तेस्रो भएका छन् भने नेकपा एमालेकी बिमला बिकले १० हजार ७७२मत प्राप्त गरेका निर्वाचन अधिकृत गोविन्द घिमिरेले बताए।