सप्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरकान्त चौधरी निर्वाचित भएका छन् । चौधरीले ३२ हजार ८ सय ७५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्। यस्तै,नेपाली कांग्रेसका दिनेशकुमार यादवले आठ हजार ४२८ मत ल्याए।
नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५, जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले दुई हजार ८६९, नेपाली कम्युनिस्ट पार्टीका अरुणकुमार साहले एक हजार ६३५ प्राप्त गरेका छन्।