कैलाली क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला निर्वाचित भएका छन्। २८ हजार ५५६ मत ल्याएर उनी निर्वाचित भएका हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरे।
यो क्षेत्रमा नेकपा एमालेका उपमहासचिव लेखराज भट्ट तेस्रो भए। भट्टले नौ हजार ४४४ र नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले पाँच हजार ६०९ मत पाए ।