जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

कनकासुन्दरी गाउँपालिका १, २, ३ र ४ को हालसम्म दुई हजार ७८८ मत गणना  हुँदा हलोले फराकिलो अग्रता कायम गरेको छ। प्रारम्भिक मतपरिणामअनुसार राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही  इक हजार ४५८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। अहिले शाही ७०१ मतले अगाडि छन् । 

यस्तै, नेकपाका उम्मेदवार  नरेश भण्डारीले  ७५७ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले  ३४९ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले  ११२ मत, विनिता कठायतले २३ मत पाएका छन्। साथै ७४ मत बदर भएको  निर्वाचन कार्यालयले जनाएको छ।

हालसम्मको गणनामा हलो र ताराबिच ७१४ मतको अन्तर देखिएको छ। प्रारम्भिक नतिजाले हलो चुनाव चिह्नलाई स्पष्ट अग्रता दिलाएको देखिए पनि बाँकी वडाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ। मतगणना कार्य भने निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जुम्लामा ४० हजार ८९७ मत खसेको थियो । तर, यहाँ ७१ हजार ७३९ जना मतदाता रहेका छन् । ३० हजार ८४१ मत खसेन ।
 

सुझावित समाचार