यी हुन् नेपाली कांग्रेसले अग्रता लिएका क्षेत्र

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

 देशैभरी राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा लहर आउँदा केही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। 

ललितपुरको क्षेत्र नम्बर १ मा कांग्रेसका उदयशमशेर राणाले ३१४४ मतसहित अग्रता लिएका छन्। त्यहाँ रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जन १६५२ मतसहित दोस्रो स्थानमा छन् भने एमालेका चेतनाथ सञ्जेल १७५३ मतसहित दोस्रो स्थानमा छन्। 

त्यस्तै रसुवामा कांग्रेसका मोहन आचार्य अगाडि छन्। उनले २०१८ मत पाएर अग्रता कायम राखेका छन् भने दोस्रो स्थानमा रास्वपाका बसन्त भट्ट ११३६ मतसहित दोस्रो स्थानमा छन्।  

दैलेख १ मा कांग्रेसको अग्रता छ। कांग्रेसकी उम्मेदवार बासना थापाले ६०४ मत ल्याएर लिड गरिरहेकी छन्। 

दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्मा  छन्। उनले ५४९ मत ल्याएकी छिन्। रास्वपाका उम्मेदवार नन्दकिशोर बस्नेतले ३३२ मत ल्याएका छन्। 

डडेल्धुरामा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ। कांग्रेस उम्मेदवार नैनसिंह महरले ३०७ मतसहित अग्रता लिएका हुन्। 

यहाँ रास्वपाले १०५, नेकपाले ८७ तथा एमाले उम्मेदवारले ३७ मत पाएका छन्। 

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकालीको अग्रता  छ। 

 उनले २ हजार ५५७ मत प्राप्त गरेका प्राप्त गर्दा नेकपा एमालेका इन्द्रधारा डादु विष्टले १ हजार ३२३ तथा रास्वपाका अधितीय चन्द्र थकाली ५ सय ९१ मत प्राप्त गरेका छन्।   

कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाह  छन्। उनले हालसम्म २ हजार ५३१ मत ल्याएर अग्रता लिंदा नेकपा एमालेका बीरेन्द्रकुमार कानोडियाले १ हजार ४९३, राष्ट्रिय मुक्ति पार्टी नेपालका ईज्ञश्वर दयाल मिश्र १ हजार ४५९ मत र रास्वपाका प्रकाश रजौरियाले १ हजार २७० मतका साथ चौथो स्थानमा छ।   

कैलाली १ मा कांग्रेसका जनकराज चौधरीले ३ सय ४८ मतसहित अग्रता लिइरहेका छन्। यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार फागुराम थारुको २ सय ४१ तथा रास्वपाका कोमल ज्ञवालीले १ सय ९९ मत प्राप्त गरेका छन्। 

त्यस्तै लमजुङमा कांग्रेसका उम्मेदवार गमबहादुर गुरुङले सुरुवाती अग्रता लिएका छन्। उनले १७७ मत पाउँदा एमालेका पृथ्वीसुब्बा गुरुङको ११८ मत छ। 

यहाँ धर्म केसीले ११० मत पाएका छन् भने नेकपाका हरिजंग थापाको ३४ मत छ। 

सुझावित समाचार