बारा निर्वाचन क्षेत्र नम्बर ३ को पछिल्लो मतगणना परिणाम सार्वजनिक भएको छ। कुल सात हजार ५७१ मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै फराकिलो अग्रता कायम गरेको छ। प्राप्त पछिल्लो विवरणअनुसार रास्वपाले चार हजार८०६ मत प्राप्त गरी अग्रस्थान सुरक्षित गरेको छ।
रास्वपाको तुलनामा अन्य ठुला दलहरूको मत परिणाम निकै कम देखिएको छ। नेपाली कांग्रेस ८०६ मतका साथ दोस्रो स्थानमा छ भने जनता समाजवादी पार्टी जसपाले ६५८ मत प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ । त्यस्तै, जनमत पार्टीले ४९८ मत प्राप्त गरेको छ भने नेकपा एमाले सूर्यले १८७ मत प्राप्त गरेको छ।
यस्तैगरी, अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा निकै पछाडि परेका छन्। तारा चिह्नले ८७ मत ल्याएको छ भने हलो चिह्नका उम्मेदवारले ३४ मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गणना भएका कुल मतमध्ये ४३० मत बदर भएका छन्।