आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी काठमाडौंमा रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको हो।
