बैतडीमा नेकपा र कांग्रेसका नेता कार्यकर्ता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।
नेकपाका केन्द्रीय सदस्यद्वय दलबहादुर धामी र दीपेन्द्र कुँवर तथा नेपाली कांग्रेसका प्रदेश कमिटी सदस्य जनक बिष्टलगायत एमाले प्रवेश गरेका हुन्।
उनीहरूसहित कांग्रेस र नेकपाका गरी २१४ स्थानीय कार्यकर्ताले पार्टी छाडेको एमालेको दाबी छ। यद्यपि, १६२ जनाको मात्र नाम सार्वजनिक गरिएको छ।