बैतडी बस दुर्घटनामा रास्वपाद्वारा दुःख व्यक्त

शुक्रबार, २३ माघ, २०८२
डिजिटल संस्करण

बैतडीको पुर्चौडी नगरपालिका– ७ मा बस दुर्घटना भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले दुःख व्यक्त गरेको छ। पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै  घटनाप्रति आफ्नो पार्टी स्तब्ध भएको जनाएका छन्।

उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। बझाङबाट बैतडी गएको जन्ती बाेकेकाे बस बिहीबार बैतडीमा दुर्घटना भएको थियो। दुर्घटनामा १३ जनाको ज्यान भएको छ भने ४५ जना घाइते भएका छन्। 

सुझावित समाचार