‘ग्लोबल स्मार्ट प्लस’बाट आइपिओे भर्ने सुविधा

सोमबार, १९ माघ, २०८२
डिजिटल संस्करण

 ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत आइपिओे भर्ने सुविधा उपलब्ध गराएको छ । बैंकका मोबाइल बैंकिङ एप प्रयोगकर्ताले कुनै पनि आइपिओे आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै भर्न सक्नेछन् ।

प्रयोगकर्ताले आइपिओे म्यानेजमेन्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि, ग्राहकलाई तुरुन्तै सिआरएन नम्बर प्राप्त हुनेछ । त्यसपछि, ग्राहकले आइपिओ खुला हुने समयमा एपमार्फतै आवेदन दिन सक्नेछन् । साथै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आइपिओे खुला हुनेबारे जानकारी पनि प्राप्त हुने बताइएको छ । यस सेवाले ग्राहकलाई आइपिओे आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्नुनपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ ।

त्यसैगरी, एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सुविधाले ग्राहकलाई सेकेन्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्नेछ । 

सुझावित समाचार