सिरहा ४ मा पाँच र ३ मा दुई पूर्वमन्त्रीले दिए उम्मेदवारी

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

निर्वाचन क्षेत्र नम्बर ४ बाट पाँच जना र क्षेत्र नम्बर ३ वाट दुई जना गरि सात जना पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन् । सिरहा सदरमुकामस्थित निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ र विश्वनाथ साहले उम्मेदवारी दर्ता गराएका छन् ।

दुवैजना २०७९ को चुनावको प्रतिद्वन्द्वी उम्मेदवार हुन् । श्रेष्ठ एमालेवाट र साहले नेपाली कम्युनिस्ट पार्टीवाट उम्मेदवारी दर्ता गराएका छन् ।

मिर्चैयास्थित क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पाँच जना पूर्वमन्त्रीले मनोनयन दर्ता गराए । जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेकपाबाट अजयशंकर नायक, नेकपा एमालेबाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले उम्मेदवारी दिएका छन् ।

यसमध्ये राजकिशोर तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन् । यसअघि सिरहा २ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा ४ बाटै निर्वाचित भएका थिए । जसपावाट जनमत प्रवेश गरेका डा महतोले उम्मेदवारी दर्ता गराए । दुई पटक सांसद भएका उनी त्यसअघि जसपा नेपालबाटै समानुपातिक सांसद भएका थिए । तर, जसपा नेपालबाट फुटेर बनेको जसपामा लागेका महतो

यसपालि भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका हुन् । यसअघि २०७४ मा प्रत्यक्ष चुनाव लडेका उनी जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएका थिए ।

एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भएका छन् । विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री भएका हुन् । यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ ।  क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट चन्द्रकला देवी यादव, राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादव र आम आदमी पार्टीवाट विरेन्द्र साहले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत शिव वाग्ले बताए ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसवाट डा सुभाष चन्द्र यादव, जसपावाट अशेश्वर यादव, रास्वपावाट डा शम्भू यादव, उज्यालो नेपालवाट जेन-जी युवा श्रवन पासमान, जनमतवाट रोहित महतो र प्रलोपावाट पुजन यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
 

सुझावित समाचार