ओलीद्वारा जेन–जी आन्दोलनमा जलेका संरचना निरीक्षण

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले जेन–जी आन्दोलनको क्रममा झापाको दमकमा क्षतिग्रस्त संरचनाको निरीक्षण सुरु गरेका छन् । उनले मनोनयन दर्ताअघि इलाका प्रहरी कार्यालय दमकबाट क्षतिग्रस्त संरचनाको निरीक्षण गर्न सुरु गरेका हुन् । ओलीले जेन–जी आन्दोलनका क्रममा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थालेको एमालेले जनाएको छ । 

एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम तय गरिएको छ । इलाका प्रहरी कार्यलय दमक, दमक नगरपालिका, दमकका मेयर राम थापाको निवास, नेपाली कांग्रेसको पार्टी कार्यलय, पूर्वमेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नो निवास, नेपाली कांग्रेस दमक नगरको कार्यलय, एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ ।

आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेदवारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरू भएकोले जलाइएका अन्य संरचनाहरू अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिए ।
 

सुझावित समाचार