पूर्वतयारीविना भूकम्पीय क्षति कम हुँदैन : गृहमन्त्री अर्याल

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको बताएका छन् । आज भूगोलपार्कमा आयोजना गरिएको २८औँ भूकम्प स्मृति सभामा उनले विपतकाे सामना गर्न अन्तरसरकार समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिए ।  

अर्यालले स्थानीय तहले गरेका प्रयासहरूलाई दिगो र संस्थागत बनाउनुपर्नेमा जोड दिँदै भने, ‘आपसी अभ्यास र अनुभव साटासाटले क्षमतालाई वृद्धि गर्न सक्छ। नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचक कार्यान्वयनमा जोड दिनुपर्छ।’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समुदायलाई विपतका समयका पहिलो उद्धारकर्ता र सहजकर्ता बन्न तयार गराउनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘महानगरलाई विपतप्रतिरोधी र उत्थानशील बनाउन अन्तरसरकारी समन्वय, ज्ञान र सिप आदान–प्रदान र एकीकृत योजना अनिवार्य छ।’

सुझावित समाचार