काठमाडौंका नदी किनारको मापदण्डबारे फैसला गर्न सर्वोच्चले माग्यो ०२१ सालको नक्सा

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदीहरुको बहाव क्षेत्र स्पष्ट देखिने २०२१/०२२ सालको सर्भे नापी नक्सा झिकाउन आदेश दिएको छ।

काठमाडौं उपत्यकाका नदी तथा खोला किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग गरिएको रिटमा न्यायाधीशहरु डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्चले बागमती तथा सहायक नदीहरुको दायाँबायाँ छाड्‌नुपर्ने दुरीका सम्बन्धमा मन्त्रिपरिषद्‌को २०६५/०८/०१ को निर्णयको प्रमाणित प्रतिलिपि र नदीको बहाव क्षेत्र निर्धारण गरेको रावल आयोग (२०५२)को प्रतिवेदन पनि मागेको छ।

यसैगरी, बागमती, बिष्णुमती तथा अन्य सहायक नदीहरुको दायाँबायाँ बनाइएको सडकको सीमा निर्धारणका आधार र नदीबाट सडकसम्मको सीमा विवरणलगायत समेत माग भएको छ।

यो विषय शिघ्र किनारा लाग्नुपर्ने आवश्यकता देखिएकाले तोकिएका सम्पूर्ण कार्य एक हप्ताभित्र सम्पन्न गरी माघ ४ को पेशी तोक्न आदेशमा भनिएको छ।

हेर्नुस् आदेश :

सुझावित समाचार